२०८२ फाल्गुण २२ गते शुक्रवार
नयाँदिल्ली । भारतको नयाँदिल्लीस्थित जीटीबी अस्पताल (गुरु तेगबहादुर अस्पताल)मा उपचार गर्न गएका एक बिरामीलाई आइतबार गोली हानी हत्या गरिएको छ।
पेटको संक्रमणको उपचार गर्न गएका ३२ वर्षीय मोहम्मद रियाजुद्धिनको गोली हानी हत्या गरिएको हो । उनी खजुरीमा डेन्टल क्लिनिक चलाउँदै आएका थिए । घटनाको अनुसन्धानमा रहेको प्रहरीले अझै पनि आक्रमणकारीको पहिचान हुन नसकेको जनाएको छ ।
जीटीबीको २४ नम्बर बेडमा भर्ना भएका उनलाई बहिनी र एक मेडिकल अटेंडेन्ट साथमै रहेको बेलामा गोली हानी हत्या गरिएको बताइएको छ।
आक्रमणकारीले एक्कासि गोली प्रहार गरेको र अरु दुई मानिस पनि उसको साथमा रहेको प्रहरीले जनाएको छ । गोली हान्नासाथै तीनैजना त्यहाँबाट भागेका थिए । सो हत्याकाण्डपछि आम आदमी पार्टीले दिल्लीको सुरक्षा व्यवस्थालाई लिएर भारतीय जनताबाटमाथि आपत्ति जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij