२०८२ फाल्गुण २२ गते शुक्रवार
पेन्सिलभेनिया । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण गर्ने थोमस म्याथ्यु क्रुक्सको बारेमा थप जानकारी सार्वजनिक भएको छ । अमेरिकामा बीबीसीसँग सम्बद्ध सीबीएस न्यूजले पनि २० वर्षीय थोमसको तस्बिर साझा गरेको छ।
यो तस्बिर उनको स्कूलको वार्षिक पुस्तकबाट लिइएको हो। क्रुक्स र्याली स्थलबाट एक घण्टा टाढा बेथेल पार्क, पेन्सिलभेनियाका बासिन्दा थिए। यसअघि, बेथेल पार्क हाई स्कूलले थोमस क्रुक्सले २०२२ मा त्यहाँबाट आफ्नो पढाइ पूरा गरेको पुष्टि गरेको थियो।
थोमस क्रुक्सलाई सुरक्षाकर्मीको गोलीबाट घटनास्थलमै मारिएका थिए । सुरक्षाकर्मीले घटनास्थलमा उनको कुनै परिचयपत्र फेला पारेनन्। त्यसैले उनको पहिचानका लागि डिएनए परीक्षण गरिएको थियो ।
बीबीसीलाई प्राप्त जानकारी अनुसार थोमस क्रुक्स आफ्नो घर नजिकैको स्थानीय नर्सिङ होमको भान्छामा काम गर्थे । अहिले एफबीआईले आक्रमणको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij