२०८२ फाल्गुण २२ गते शुक्रवार
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्।
प्रारम्भिक मतपरिणामअनुसार
काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अगाडि छिन्।
काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ र काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता बनाइरहेका छन्।
यस्तै काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७००, काठमाडौं–४ मा पुकार बम २ हजार ५२९,
काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अघि छन्।
मोरङ–४ मा सन्तोष राजवंशी ३ हजार ८८५, धनुषा–३ मा मनिष झा ३ हजार ९१४ र रुपन्देही–२ मा सुलभ खरेल ४ हजार ७२ मतसहित अग्रता बनाएका छन्।
चितवन–२ मा रवि लामिछाने २ हजार २५, चितवन–३ मा सोविता गौतम ९२५, कास्की–१ मा खडक राज पौडेल १ हजार ९७८, कास्की–२ मा उत्तम प्रसाद पौडेल २ हजार ४१७ र कास्की–३ मा बिना गुरुङ २ हजार ७४ मतसहित अघि छन्।
यसैगरी तनहुँ–१ मा स्वर्णिम वाग्ले १ हजार ३५२, दाङ–१ मा देवराज पाठक १ हजार ५१६,
बाँके–१ मा सुरेश कुमार चौधरी २ हजार ५७४ र बाँके–३ मा खगेन्द्र सुनार १ हजार ३६९ मतसहित अग्रता कायम गरेका छन्।
त्यस्तै झापा–५ मा बालेन्द्र शाह १ हजार ४७६, मोरङ–१ मा यज्ञमणि न्यौपाने २ हजार २६९, मोरङ–५ मा आशा झा १ हजार २२९, बारा–३ मा अरबिन्द साह २ हजार १६०, भक्तपुर–१ मा रुकेश रन्जित ८८८ र भक्तपुर–२ मा राजीव खत्री २ हजार मतसहित अगाडि छन्।
ललितपुर–३ मा तोसिमा कार्की ६४८, ललितपुर–२ मा जगदीश खरेल २२८, रौतहट–४ मा गणेश पौडेल ४४३, कञ्चनपुर–२ मा दीपक राज बोहरा १ हजार ३८० र कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता १२९ मतसहित अग्रता बनाइरहेका छन्।
निर्वाचन आयोगका अनुसार देशभरका विभिन्न केन्द्रमा मतगणना जारी रहेको र परिणाम क्रमशः सार्वजनिक हुँदै जानेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij