Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

युरोकप फुटबल

युरोकपको फाइनलमा स्पेन र इङल्याण्डबीच भिडन्त हुने

युरोकपको फाइनलमा स्पेन र इङल्याण्डबीच भिडन्त हुने


  • 3.3K
    Shares

    युरोकपको फाइनलमा स्पेन र इङल्याण्डबीच भिडन्त हुने

     काठमाडौं । युरोकपको फाइनलमा स्पेन र इङल्याण्डबीच भिडन्त हुने भएको छ। स्पेन र इङल्याण्डबीचको फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२ : ४५ बजेदेखि शुरु हुने छ ।

    सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।

    तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ । २०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो । स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् ।

    जसमा स्पेनले १३ पटक जितेको छ भने इङल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।

    प्रकाशित मिति :आषाढ २७ २०८१ बिहिवार - ११:१५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij