२०८२ माघ ८ गते बिहिवार
क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा क्यानडाविरुद्ध २-० को सहज जित हासिल गर्दै अर्जेन्टिना लगातार दोस्रोपटक उपाधिनजिक पुगेको हो।
पहिलो हाफको २२ओैँ मिनेटमा जुनियर अल्भारेजको गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको थियो। खेलको ५१ओैँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारे।
अर्जेन्टिनाले अब उपाधिका लागि उरुग्वे र कोलोम्बियाबिचको विजेतासगँ खेल्नेछ। दोस्रो सेमिफाइनल खेल बिहीबार बिहान हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij