२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । युरो २०२४ मा आजदेखि सुरु हुने क्वाटरफाइनलका खेलमा उपाधि दाबेदार टोलीहरुबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो क्वाटरफाइनल खेल पोर्चुगल र फ्रान्सबीच हुनेछ । दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँदा दुई टोली भने यो संस्करणको युरो कपबाट बाहिरिने छन्।
हेभिवेट क्वार्टर फाइनलका दुई खेलमा आज सबैको नजर छ। अघिल्लो चरण पुग्न चारै टोली दबाबमा छन्। पहिलो क्वार्टर फाइनलमा आयोजक जर्मनी र स्पेन भिड्नेछन्। सो खेल राति पौने १० बजे सुरु हुनेछ।
अन्तिम १६ मा जर्मनीले डेनमार्कलाई २–० ले तथा स्पेनले जर्जियामाथि ४–१ को फराकिलो जित निकाल्दै क्वार्टर फाइनलमा भेट तय गरेका थिए।
आज राति नै हुने दोस्रो क्वार्टरफाइनलमा पोर्चुगल र फ्रान्स आमनेसामने हुनेछन्। यो खेल भने राति पौने १ बजे सुरु हुनेछ। पोर्चुगलले पेनाल्टी सुटआउटमा स्लोभेनियालाई ३–० ले हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको हो।
उता फ्रान्सले भने बेल्जियमको उपहार गोलमा क्वार्टर फाइनलमा स्थान बनाएको थियो। आजको खेलको विजेताले सेमिफाइनलमा भेट गर्नेछन्। पहिलो सेमिफाइनल खेल बुधबार हुनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij