Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टी–२० विश्वकपमा

अस्ट्रेलियालाई २१ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश

अस्ट्रेलियालाई २१ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश


  • 2.7K
    Shares

    अस्ट्रेलियालाई  २१ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश

    काठमाडौं । टी–२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको छ ।

    २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८१ रन मात्र बनाउन सक्यो । जितसँगै भारत अपराजित रहँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    सेमिफाइनलमा प्रवेश गर्ने भारत तेस्रो टोली हो । यसअघि समूह २ बाट दक्षिण अफ्रिका विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब भारतले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ ।

    आफ्नो भाग्यको फैसलाका लागि अस्ट्रेलियाले मंगलबार बिहानसम्म पर्खनुपर्नेछ । अफगानिस्तान र बंगलादेशबिचको खेलले समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । आफगानिस्तानले बंगलादेशलाई हराए टोली अस्ट्रेलियालाई उछिन्दै अन्तिम चारमा प्रवेश गर्नेछ ।

    सोमबारको खेलमा अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।

    उनलाई कप्तान मिचेल मार्सले ३७ रन बनाउँदै साथ दिए । मार्सले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मार्स र हेड मिलेर ४८ बलमा ८१ रनको साझेदारी गरे । ग्लेन म्याक्सवेलले १२ बलमा २० रन बनाए । उनले २ चौका र १ छक्का हिर्काए । टिम डेभिडले ११ बलमा १५ रन जोडे ।

    भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा बलिङ गर्दै ३७ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ विकेट हात पारे । जसप्रित बुमराह र अक्षर पटेलले १–१ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो । कप्तान रोहित शर्माले शानदार ब्याटिङ गर्दै मात्र ४१ बलमा ९२ रन जोडे । मिचेल स्टार्कको बलमा बोल्ड हुनुअघि उनले ७ चौका र ८ छक्का प्रहार गरे ।

    भारतको सुरुवात भने राम्रो हुन सकेको थिएन । दोस्रो ओभरमा विराट कोहली शून्य रन बनाएर पभिलियन फर्किएका थिए ।

    त्यसपछि रोहितले ऋषभ पन्तसँग मिलेर ८७ रनको साझेदारी गर्दै भारतको इनिङ्स अगाडि बढाए । पन्त १५ रन बनाएर आउट भए ।

    त्यसपछि रोहितले सूर्यकुमार यादवसँग ३४ रनको साझेदारी गरे । यादवले १६ बलमा ३१ रन बनाउँदै स्टार्ककै शिकार बने । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

    शिवम दुवेले २२ बलमा २८ रनको योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । हार्दिक पाण्ड्याले नटआउट रहँदै १७ बलमा २७ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे ।

    अस्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोईनिस समान २ विकेट लिए। जोश हेजलवुडले १ विकेट झारे।

    प्रकाशित मिति :आषाढ ११ २०८१ मंगलवार - ०५:१६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij