Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टी–२० विश्वकप : आज यी देशहरूबीच प्रतिस्पर्धा हुँदै

टी–२० विश्वकप : आज यी देशहरूबीच प्रतिस्पर्धा हुँदै


  • 2.8K
    Shares

    टी–२० विश्वकप : आज यी देशहरूबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं । जारी टी–२० विश्वकपअन्तर्गत आज सुपर आठका दुई खेल हुँदैछन् । आज पहिलो खेल अफगानिस्तान र अस्ट्रेलियाबीच हुँदैछ । 

    सेन्ट भिन्सेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ । 

    सुपर आठमा अफगानिस्तानले आफ्नो पहिलो खेलमा भारतसँग हार बेहोरेको छ भने अस्ट्रेलियाले बंगलादेशमाथि जित हासिल गरेको छ ।

    अफगानिस्तान र अस्ट्रेलियाबीच अहिलेसम्म एक टी–२० खेल भएको छ, जुन अस्ट्रेलियाले जितेको छ ।

    त्यस्तै आज दोस्रो खेल इङल्याण्ड र अमेरिकाबीच हुँदैछ । बारबाडोसस्थित केनसिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ । 

    सुपर आठमा दुवै देशको यो अन्तिम खेल हो । इङल्याण्डले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने अमेरिकाले दुवै खेलमा हार बेहोरेको छ ।

    सेमिफाइनलमा पुग्न आज इङल्याण्डका लागि अमेरिकालाई पराजित गर्नै पर्ने र अर्को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पराजित गर्नुपर्ने अवस्था रहेको छ । 

    त्यस्तै वेस्ट इन्डिजले जितेमा भने रनरेटको आधारमा सेमिफाइनलमा पुग्ने देशको तय हुनेछ ।

    त्यस्तै अमेरिकाले भने कम्तिमा ८० रनको अन्तरमा इङल्याण्डलाई पराजित गरेमा तथा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई कम्तिमा ६७ रन अन्तरले पराजित गरेमा मात्र सेमिफाइनलमा पुग्ने छ ।

    प्रकाशित मिति :आषाढ ९ २०८१ आइतवार - १०:४१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij