Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

श्रीलङ्का सन् २०४० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्न प्रतिबद्ध

श्रीलङ्का सन् २०४० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्न प्रतिबद्ध


  • 1.7K
    Shares

    श्रीलङ्का सन् २०४० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्न प्रतिबद्ध
    images

    श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बुधबार सरकारले वातावरणीय दिगोपनालाई प्राथमिकतामा राखेकाले सन् २०४० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्न प्रतिबद्ध रहेको बताउनुभएको छ । 

    राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) का अनुसार विश्व वातावरण दिवस मनाउने कार्यक्रममा उहाँले भन्नुभयो, “श्रीलङ्काले शून्य कार्बन उत्सर्जनको विश्वव्यापी उद्देश्यलाई आफ्नो राष्ट्रिय नीतिमा समाहित गरेको छ ।”

    यसको प्रमाणको रूपमा विक्रमासिङ्घेले प्रमाणपत्रका साथ श्रीलङ्काका १० उत्कृष्ट हरित रेलवे स्टेशनहरूलाई मान्यता दिनुभयो र राजधानी कोलम्बोबाट करिब एक सय एक किलोमिटर टाढा रत्नपुरामा वार्नगलावाट्टे वातावरणीय क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा तोक्नुभयो ।  

    सन् २०२३ मा जारी गरिएको एक प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घले श्रीलङ्काले सन् २०४० सम्म कार्बन तटस्थता हासिल गर्ने अपेक्षा गरेको र आफ्नो कोइला पावर प्लान्टहरूको क्षमता नबढाउने प्रतिबद्धता गरेको उल्लेख गरेको छ । 

    प्रकाशित मिति :जेठ २४ २०८१ बिहिवार - ०७:१७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij