Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

चोर्न गएको व्यक्ति एसीको शीतलतामा निदाएपछि....

चोर्न गएको व्यक्ति एसीको शीतलतामा निदाएपछि....


  • 8.5K
    Shares

    चोर्न गएको व्यक्ति एसीको शीतलतामा निदाएपछि....
    images

    भारतको उत्तर प्रदेश राज्यस्थित लखनउमा चोर्न भनेर एक घरमा प्रवेश गरेका व्यक्ति निदाइराखेको अवस्थामा पक्राउ परेका छन्।

    मदिराले मात्तिएका उनी एसी भेटाएपछि खोलेर त्यहीँ निदाएको प्रहरीले जनाएको छ। यो घटना आइतबार बिहानीपख भएको प्रहरीको भनाइ छ। ती व्यक्ति लखनउको इन्दिरानगर क्षेत्रमा एक डाक्टरको घरमा पसेका थिए।

    तर, डाक्टरको परिवार वाराणासीमा भएकाले मान्छे कोही थिएनन्। त्यसपछि एसी खोलेर उनी आनन्दले भुइँमा सुते। बिहान घरको सामुन्ने गेट खुला देखेपछि छिमेकीहरुले ती डाक्टरलाई फोन गरे। डाक्टरले आफू घरमा नभएको बताउँदै प्रहरीलाई बोलाए।

    त्यसपछि प्रहरी घरमा आइपुग्यो। जसले सुतिरहेका व्यक्तिलाई उठायो। प्रहरीले सार्वजनिक गरेको तस्बिरमा ती व्यक्ति हातमा फोन समातेर निदाइरहेका देखिन्छन्। एजेन्सी

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - १३:०५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij