Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

९३ वर्षको उमेरमा रुपर्ट मर्डोकले गरे पाँचौँ विवाह

९३ वर्षको उमेरमा रुपर्ट मर्डोकले गरे पाँचौँ विवाह


  • 2.0K
    Shares

    ९३ वर्षको उमेरमा रुपर्ट मर्डोकले गरे पाँचौँ विवाह
    images

    अमेरिकी मिडिया टाइकुन रुपर्ट मुर्डकले पाँचौँ पटक बिहे गरेका छन् । शनिवार क्यालिफोनिर्यास्थित आफ्नो एक भाइनयार्डमा ९३ वर्षका मुर्डकले रुसकी सेवा निवृत्त ६७ वर्षीय जीवशास्त्री एलेना झुकोभासँग बिहे बन्धनमा बाँधिएका हुन् ।

    सन् २०२३ को अप्रिलमा एन लिस्ले स्मिथसँगको मगनी टुटेलगत्तै मुर्डकले झुकोभासँग डेट गरिरहेको अफवाह चल्न थालेको थियो । मुर्डकले यस अघि प्याट्रिसिया बूकर, एन्ना मारिया ट्रोभ, वेन्दी देङ र हेरी हलसँग बिहे गरेका थिए । यी सबैसँग मूर्डकले सम्बन्ध विच्छेद गरेका हुन् । उनका ६ सन्तान छन् ।

    उनी फक्स न्यूज, वाल स्ट्रिट जर्नल, सन, टाइम्सको माउ कम्पनी न्यूज कर्पोरेशनका चेयरमेन इमिरेटस हुन् । गएको वर्ष मुर्डकले फक्स न्यूज र न्यूज कर्पोरेशनको अध्यक्षको पदबाट राजिनामा दिएका थिए । आफ्नी पूर्व पत्नी वेन्डी देङले आयोजना गरेको एक पार्टीमा मुर्डकले झुकोभालाई भेटेका बताइएको छ । एजेन्सी

    mordoch.jpg

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - १२:४१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij