Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

अचम्मको कम्पनी, जसले कर्मचारीलाई सुतेबापत पैसा दिन्छ

अचम्मको कम्पनी, जसले कर्मचारीलाई सुतेबापत पैसा दिन्छ


  • 2.3K
    Shares

    अचम्मको कम्पनी, जसले कर्मचारीलाई सुतेबापत पैसा दिन्छ
    images

    के कुनै कम्पनीले तपाईंलाई सुते बापत पैसा दिन्छ ? सायद तपाईंले यस्ता कथाहरु मात्र सुन्नुभएको होला, किनकि यस्तो खालको जागिर वा अवसर वास्तविक रुपमा भने हुन मुस्किलै पर्दछ । तर, असम्भव भन्ने कहाँ हुन्छ र ? एउटा यस्तो कम्पनी छ जसले आफ्ना कर्मचारीहरुलाई सुत्नका लागि पैसा दिइरहेको छ ।

    फिटनेस ट्रयाकरको दुनियाँमा Whoop कम्पनी निकै लोकप्रिय छ । यो कम्पनी केही समय पहिले आफ्ना हेल्थ ट्रयाकिङ ब्याण्डका कारण चर्चामा थियो ।

    हालै कम्पनीका सीईओ विल अहमदले केही तथ्यहरुको खुलासा गरेका छन् । एउटा मिडियालाई दिएको अन्तरवार्तामा उनले आफ्नो कम्पनीले अनलक ह्युम पर्फर्मेन्सको उद्देश्यमा काम गरिरहेको जनाएका छन् ।

    सन् २०१२ मा स्थापना भएको यो कम्पनीले सन् २०२१ मा २० करोड डलरको कोष संकलन गर्न सफल भएको थियो । कम्पनीमा ५ सय कर्मचारी कार्यरत छन् । अहमद भन्छन्-हाम्रो मान्यता के छ भने कार्यालयमा आएर काम गर्दा सदैव राम्रो कार्यसम्पादन हासिल हुन्छ । मानिसहरु आपसमा भेटघाट गर्दा अर्थात् मिलीजुली काम गर्दा कसरी सकारात्मक माहोल तयार हुन्छ भन्ने कुरा हामीले देखेका छौं । आफ्नो कम्पनीले कर्मचारीहरुलाई सुतेबापतको पनि बोनस दिने उनको भनाइ छ ।

    कम्पनीले आफ्ना कर्मचारीहरुलाई एउटा फिटनेस ब्याण्ड र सदस्यता नि:शुल्क रुपमा प्रदान गर्दछ । कर्मचारीहरुलाई स्वस्थ जीवन जिउनका लागि उत्साहित गर्ने गरिएको उनको भनाइ छ ।

    कम्पनीले हरेक कर्मचारीहरुलाई एउटा अतिरिक्त फिटनेस ब्याण्ड पनि दिएको हुन्छ । जुन कर्मचारीले आफ्ना परिवाजन वा साथीलाई दिन सक्दछन् । सीईओ विल अहमदका अनुसार कम्पनीले हरेक महिना कर्मचारीहरुलाई बोनस प्रदान गर्दछ । त्यस क्रममा महिनाभरमा राम्रो सँग सुतेका अर्थात् औसत स्लिप पर्फमेन्स ८५ प्रतिशतभन्दा माथि भएका कर्मचारीलाई १०० डलर अतिरिक्त बोनस दिइन्छ।

    यसका अलावा कम्पनीले पछिल्ला केही समयदेखि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा पनि काम गरिरहेको छ । कम्पनीले गत वर्ष Whoop Coach लञ्च गरेको थियो जुन एक पर्सनलाइज्ड फिटनेस प्रशिक्षक हो । यो एआई टूललाई कम्पनीले ओपन एआईसँग मिलेर तयार पारेको थियो । आफ्नो कम्पनीका सबै कर्मचारीलाई आधिकारिक एआई टूल प्रयोग गर्नका लागि प्रोत्साहित गर्ने गरिएको सीईओ अहमद बताउँछन् ।

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - ०८:२२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij