२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    जापानको इशिकावा प्रिफेक्चरमा आज बिहान शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विभागका अनुसार बिहान साढे ६ बजे ५ दशमल ९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । विभागले भूकम्पपछि सुनामीको चेतावनी जारी गर्दै आएपनि यस पटक भने यस्तो सम्भावना नरहेको जनाएको छ ।
यसअघि अप्रिल १ मा पनि जापानमा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो भने जनवरीमा ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा ५० भन्दा बढीको मृत्यु भएको थियो भने धेरै भवनमा क्षति पुगेको थियो ।
–न्युज एजेन्सी
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij