२०८२ फाल्गुण २२ गते शुक्रवार
काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलमा फर्किएका छन् । २१ दिनको अन्तरिम जमानत (धरौटी) को म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन्।
दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले भनिन्, ‘चुनाव लोकतन्त्रको जग हो। लोकतन्त्र बचाउन सर्वोच्च अदालतले केजरीवाललाई २१ दिनको जमानत दिएको थियो। अदालत र संविधानको सम्मान गर्दै केजरीवालले निर्धारित मितिमा आत्मसमर्पण गरेका छन्।’
‘यो सत्य हो कि उनको स्वास्थ्य राम्रो छैन। उनको केटोन लेभल धेरै उच्च छ, उनको तौल छ किलोले घटेको छ तर पार्टीका कोही नेता जेल जान डराउँदैनन्।’
बीबीसी हिन्दीका अनुसार दिल्ली अन्तःशुल्क मुद्दामा जेल सजाय काटिरहेका केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा जमानत दिएको थियो।अदालतले निर्वाचन प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा हुने भएकाले मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij