Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

वैज्ञानिकले फेला पारे मानव जीवनको सम्भावना रहेका नयाँ ग्रह

वैज्ञानिकले फेला पारे मानव जीवनको सम्भावना रहेका नयाँ ग्रह


  • 3.4K
    Shares

    वैज्ञानिकले फेला पारे मानव जीवनको सम्भावना रहेका  नयाँ ग्रह
    images

    काठमाडौं । वैज्ञानिकहरूले नयाँ ग्रह पत्ता लगाएका छन् जहाँ जीवन सम्भव हुन सक्ने उनीहरूको विश्लेषण छ । यो ग्रह पृथ्वीभन्दा सानो तर शुक्रभन्दा ठूलो छ । यो ग्रहको नाम ग्लिशे १२-बी राखिएको छ । यो ग्रह पत्ता लगाउन वैज्ञानिकहरूले नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्वेक्षण उपग्रह (टीइएसएस) टेलिस्कोप प्रयोग गरेका थिए ।

    रोयल एस्ट्रोनोमिकल सोसाइटीको मासिक नोटिस जर्नलमा यसको खोजलाई विस्तृत रूपमा वर्णन गरिएको छ । हालसम्म पत्ता लागेको बसोबासयोग्य एक्सोप्लानेट्समध्ये यो पृथ्वीको सबैभन्दा नजिकको हो ।

    यो नयाँ बसोबास योग्य ग्रह ग्लिशे १२-बी को खोजमा युनिभर्सिटी कलेज अफ लन्डनको ठूलो योगदान छ । यस खोजमा संलग्न लारिसा पालेथोर्पले भनिन्, ‘यो निकै रोचक छ कि यो पृथ्वीको धेरै नजिक रहेको ट्रान्जिटिङ ग्रह हो । यसको तारारसूर्यको बसोबास योग्य क्षेत्रमा हुन सक्छ वा बस्न योग्य बन्नको लागि विकसित हुन सक्छ ।’

    यस ग्रहले करिब ४० प्रकाश वर्ष टाढा मीन राशीमा रहेको एउटा सानो ताराको परिक्रमा गरिरहेको वैज्ञानिकहरूले बताएका छन् ।

    एक्सोप्लानेटको सतहको औसत तापक्रम ४२ डिग्री सेल्सियस छ । अध्ययनका अनुसार नयाँ एक्सोप्लानेटको सतहको औसत तापक्रम ४२ डिग्री सेल्सियस रहेको छ, जुन अहिलेसम्म फेला परेका ५,२०० भन्दा बढी एक्सोप्लानेट्सभन्दा कम हो । पृथ्वीको सतहको औसत तापक्रम हेर्दा १५ डिग्री सेल्सियस छ।

    हाल उपलब्ध सबै भन्दा छिटो अन्तरिक्ष यान ग्लिशे १२-बी पुग्न लगभग २.२५ लाख वर्ष लाग्ने वैज्ञानिकहरूको दाबी छ ।

    समाचार स्रोत स् अन्तराष्ट्रिय मिडियाको सहयोगमा

    प्रकाशित मिति :जेठ १८ २०८१ शुक्रवार - १३:५६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij