Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

भवनमा आगलागी हुँदा हङकङमा ५ जनाको मृत्यु, ३५ जना घाइते

भवनमा आगलागी हुँदा हङकङमा ५ जनाको मृत्यु, ३५ जना घाइते


  • 3.9K
    Shares

    भवनमा आगलागी हुँदा हङकङमा ५  जनाको मृत्यु, ३५ जना घाइते
    images

    हङकङ । हङकङमा मानिसको बसोबास ज्यादै भएको एक बहुतले आवासीय भवनमा आगलागी भएको छ ।

    बुधबार कोलूल जिल्लाको व्यस्त क्षेत्रमा रहेको १६ तले भवनमा आगो लाग्दा ५ जनाको मृत्यु भएको छ । यस घटनामा अन्य ३५ जना घाइते भएको त्यहाँको अस्पताल प्राधिकरण र अग्नि सेवा विभागले बताएको हो ।

    भवनभित्रका मानिसहरू तौलिया हल्लाउँदै उद्धारका लागि याचना गरिरहेको देखिएका थिए । भवनमा रहेको एउटा जिमबाट आगलागी शुरु भएको बताइएको छ । भवनबाट करिब १५० जनालाई सुरक्षित निकालिएको नगर सरकारले भनेको छ ।

    ४० जनालाई भने अस्पताल पठाइएको थियो । बिहान ८ः५४ बजेसम्म आगो नियन्त्रण गरेको बताइएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर भएको बताइएको छ ।

    प्रकाशित मिति :चैत्र २८ २०८० बुधवार - ११:४०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij