२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेड तथा वीरगञ्ज युथ एकेडेमी र झापा एफसी खेल्ने छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेड दिउँसो साढे १२ बजे खेल्ने छन् । यस्तै वीरगञ्ज युथ एकेडेमी र झापा एफसीबीचको खेल दिउँसो साढे ३ बजे हुनेछ । आउँदो २४ गतेसम्म हुने प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij