Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

मंगोलियामा आँधी : ६ को मृत्यु, ८० बढी मानिस बेपत्ता

मंगोलियामा आँधी : ६ को मृत्यु, ८० बढी मानिस बेपत्ता


  • 6.3K
    Shares

    मंगोलियामा आँधी : ६ को मृत्यु, ८० बढी मानिस बेपत्ता
    images

    धुलोसहितको आँधी आउँदा मंगोलियामा ६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार रातिदेखि आएको सो आँधीका कारण अझै ८१ मानिस बेपत्ता छन् ।

    मंगोलियाको आपतकाल व्यवस्थापन विभागका अनुसार ५४८ मानिस बेपत्ता भएकामा ४६७ जना सम्पर्कमा आएका छन् । बाँकी ८१ जना अझै सम्पर्कबिहीन भएका छन् । 

    यसैगरी आँधीका कारण मुलुकको पश्चिमी क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको जनाइएको छ । छिमेकी मुलुक चीनमा पनि आँधीको असर परेको समाचारमा उल्लेख छ ।

    राजधानी बेइजिङलगायतका उत्तरी क्षेत्रमा दशककै सबभन्दा ठुलो बालुवासहितको हुरी चलेको बताइएको छ ।

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - १२:१०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij