Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

मुख्य निर्वाचन अधिकृतको नाम मतदाता नामावलीमा नभएपछि...

मुख्य निर्वाचन अधिकृतको नाम मतदाता नामावलीमा नभएपछि...


  • 288
    Shares

    मुख्य निर्वाचन अधिकृतको नाम मतदाता नामावलीमा नभएपछि...

    काठमाडौं । पाँचथरका सबै केन्द्रमा बिहीबार (फागुन २१) प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत शान्तिपूर्ण रूपमा मतदान जारी छ । केही केन्द्रमा निर्धारित समयभन्दा १० मिनेट ढिला गरी मतदान सुरु भएको थियो । राजनीतिक दलका प्रतिनिधि समयमा नआइपुग्दा मतदान ढिला सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    फिदिम नगरपालिका–२ स्थित आदर्श आधारभूत विद्यालय मतदान केन्द्रमा ७ बजेर ६ मिनेटमा मतदान सुरु भयो । यहाँको ‘क’ केन्द्रबाट ७९ वर्षीया दिलकुमारी राईले मतदान गरिन् । यस्तै, ‘ख’ केन्द्रबाट ९२ वर्षीय सहरनाथ इवाले मतदान गरे ।

    पाँचथरको एउटा मात्र अस्थायी मतदान केन्द्र रहेको जिल्ला कारागारमा पनि भोट हाल्न सुरु भएको छ । यहाँ २३ कैदीबन्दीसँगै अस्थायी मतदाता नामावलीमा नाम भएका कर्मचारी र सुरक्षाकर्मीले मतदान गर्नेछन् ।

    पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र डीएसपी अनिषकुमार कर्णलगायत कर्मचारीले यही केन्द्रबाट भोट हालेका छन् ।

    मुख्य निर्वाचन अधिकृत कुमार मास्केले भने मतदाता नामावलीमा नाम नभएका कारण मतदान गर्न पाएनन् । बिहान साढे ७ बजे कारागारस्थित अस्थायी मतदान केन्द्रमा पुगेका उनी नाम नभेटिएपछि त्यसै फर्किएका थिए ।

    जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको र एक घण्टाको अवधिमा झन्डै एक हजार २०० मत खसेको जनाइएको छ ।

    प्रकाशित मिति :फाल्गुण २१ २०८२ बिहिवार - ०९:०५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij