Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

म्यानमार प्रदर्शन : थप ३८ प्रदर्शनकारी मारिए, चिनियाँ व्यवसाय लक्षित आक्रमण बढ्यो

म्यानमार प्रदर्शन : थप ३८ प्रदर्शनकारी मारिए, चिनियाँ व्यवसाय लक्षित आक्रमण बढ्यो


  • 8.2K
    Shares

    म्यानमार प्रदर्शन : थप ३८ प्रदर्शनकारी मारिए, चिनियाँ व्यवसाय लक्षित आक्रमण बढ्यो
    images

    म्यानमारमा सैन्य ‘कू’ विरुद्ध उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा थप ३८ जनाको मृत्यु भएको छ । हिजो (आइतवार) सुरक्षाकर्मीको गोली लागेर म्यानमारभर थप ३८ प्रदर्शनकारीको मृत्यु भएको हो ।

    सुरक्षाकर्मीले म्यानमारको मुख्य शहर याङगुनमा प्रदर्शनकारीमाथि गोली चलाएको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।एसिस्टेन्ट एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले आइतवार कम्तीमा ३८ प्रदर्शनकारीको मृत्यु भएको र अन्य धेरै प्रदर्शनकारीहरु घाइते भएको बताएको छ । म्यानमारको प्रहरीले भने २१ प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ ।

    सुरक्षाकर्मीले गाडीबाटै गोली चलाइरहेका भिडियो सार्वजनिक भएका छन् । भिडियोमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाइरहेको देख्न सकिन्छ ।

    त्यस्तै, पछिल्लो समय प्रदर्शनकारीले चिनीयाँ लगानीका व्यापारी प्रतिष्ठानमा ढुंगामुडा गरेका छन् ।  प्रदर्शनकारीहरुले चिनियाँ व्यवसाय लक्षित आक्रमण गरेका छन् । चिनियाँ लगानीको व्यवसायमा आक्रमण गरेसँगै केही स्थानमा सैन्य कानुन लागू भएको घोषणा गरिएको छ ।

    चीनले म्यानमारको सेनालाई साथ दिएको भन्दै म्यानमारका प्रदर्शनकारी चीनप्रति आक्रामक देखिएका हुन् ।प्रदर्शनकारीहरुले चिनियाँ कपडा उत्पादन कारखानाहरुमा लगायत होटलमा पनि आक्रमण गरेको चीनको दाबी छ ।

    चिनियाँ दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत् म्यानमारमा कारखानाहरु लुटिएको र तोडफोड गरिएको तथा धेरै चिनियाँ कर्मचारीहरु घाइते भएको र थुनिएको बताएको छ ।

     

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - १०:४७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij