Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

प्रधानमन्त्री कप महिला क्रिकेटमा कोशी प्रदेशको लगातार दोस्रो जित

प्रधानमन्त्री कप महिला क्रिकेटमा कोशी प्रदेशको लगातार दोस्रो जित


  • 3.1K
    Shares

    • images
    प्रधानमन्त्री कप महिला क्रिकेटमा कोशी प्रदेशको लगातार दोस्रो जित
    images

    काठमाडौं । कोशी प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हरायो ।

    पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन जोडेको थियो । बागमतीका यसोदा विष्टले ४१ र अस्मिना कर्माचार्यले २४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । कोशीका सबनम राई र अप्सरी बेगमले २/२ विकेट लिए ।

    कोशीले १८.१ ओभरमा २ विकेट गुमाएर ९२ रन जोड्यो । विजयी टोलीका काजल श्रेष्ठ र अप्सरा बेगमले ४१/४१ रन जोडे ।

    प्रकाशित मिति :पौष ६ २०८० शुक्रवार - १३:१२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij