Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

इनिशा विक हत्या प्रकरण : काठमाडौंको सडकमा उत्रिए विद्यार्थी

इनिशा विक हत्या प्रकरण : काठमाडौंको सडकमा उत्रिए विद्यार्थी


  • 246
    Shares

    इनिशा विक हत्या प्रकरण : काठमाडौंको सडकमा उत्रिए विद्यार्थी

    काठमाडौं । इनिशा विक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै शुक्रबार (फागुन २९) विद्यार्थीले काठमाडौंमा प्रदर्शन गरेका छन् । इनिशालाई न्याय दिनुपर्ने भन्दै पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा बागबजारदेखि माइतीघरसम्म विरोध प्रदर्शन गरिएको हो ।

    प्रदर्शनमा सहभागी विद्यार्थीले ‘नारीहरूको सुरक्षा गर’, ‘घटनाको निष्पक्ष छानबिन गर’ लगायत नारा लगाएका थिए । कालो पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका विद्यार्थीले पीडित परिवारले न्याय नपाएसम्म विरोध नरोकिने जनाएका छन् ।

    सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएको थियो । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ । हिमालयन टेली भ्वाइस

    प्रकाशित मिति :फाल्गुण २९ २०८२ शुक्रवार - १५:१४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij