२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । भारतसँगको लज्जास्पद हारसँगै नेपाल युएईमा जारी एसीसी यु(१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । लगातार ३ खेलमा हार बेहोरेको नेपाल अंकविहीन रहँदै समूह चरणबाटै घर फर्किएको हो ।
मंगलबार दुबईको आइसिसी एकेडेमी ओभल(२ मैदानमा भएको खेलमा नेपाल भारतविरुद्ध ५२ रनमै अल आउट भयो । भारतले ५३ रनको लक्ष्य ७ ओभर १ बलमा विना विकेट पूरा गर्दै एसिया कपको सेमिफाइनलको यात्रा तय गरेको छ ।
आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेका नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । १० औं नम्बरमा आएका हेमन्त धामीले बनाएको ८ रन नै नेपालका ब्याट्सम्यानको उच्च स्कोर थियो । नेपाल २२।१ ओभरसम्म मात्र टिक्न सक्यो ।
नेपाललाई १२ अतिरिक्त रन प्राप्त भएको थियो । भारतका राज लिम्बानीले ७ विकेट लिँदै नेपालको ब्याटिङ ध्वस्त बनाए । उनले ९।१ ओभरमा केवल १३ रन खर्चेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij