Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

भारतविरुद्ध नेपालको दयनीय ब्याटिङ, ५२ रनमा अलआउट

भारतविरुद्ध नेपालको दयनीय ब्याटिङ, ५२ रनमा अलआउट


  • 2.9K
    Shares

    • images
    भारतविरुद्ध नेपालको दयनीय ब्याटिङ, ५२ रनमा अलआउट
    images

    काठमाडौं । एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपालले ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रनमात्र बनाउन सक्यो । 

    यू–१९ टिमले एकदिवसीय क्रिकेटमा बनाएको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो । यसअघि नेपालले सन् २००८ मा वेस्ट इन्डिजविरुद्ध ७४ रन बनाउनु सबैभन्दा सानो योगफल थियो । भारतविरुद्ध नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    हेमन्त धामीले आठ रन जोड्नु नै नेपाली टिमको व्यक्तिगत उच्च स्कोर बन्यो । नेपालका ओपनर दीपक बोहराले एक, अर्जुन साउदले सात, कप्तान देव खनालले दुई, गुल्सन झाले चार र दीपक बोहराले सात रन जोडे । सुवास भन्डारी दुई र दीपेश कँडेल चार रनमा आउट हुँदा आकाश चन्द चार रनमा अविजित रहे । यस्तै, उत्तम मगर र दीपक डुम्रे भने शून्यमै पभेलियन फर्किए ।

    नेपाललाई सस्तैमा समेट्न भारतका राज लिम्बानीले सात विकेट लिए । ९.१ ओभर बलिङ गरेका राजले तीन मेडन राख्दै १३ रन खर्चिए । आरध्य शुक्लाले दुई र अर्सिन कुलकर्णीले एक विकेट लिए ।

     

    प्रकाशित मिति :मंसिर २६ २०८० मंगलवार - १३:३६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij