Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

अप्रिलमा विमस्टेकको १७औं परराष्ट्र मन्त्रीस्तरीय बैठक

अप्रिलमा विमस्टेकको १७औं परराष्ट्र मन्त्रीस्तरीय बैठक


  • 7.5K
    Shares

    अप्रिलमा विमस्टेकको १७औं परराष्ट्र मन्त्रीस्तरीय बैठक
    images

    काठमाडौं । वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक)को १७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक अप्रिल १ देखि हुने भएको छ ।

    श्रीलंका विमस्टेकको वर्तमान अध्यक्ष मुलुक हो । परराष्ट्रमन्त्रीस्तरीय बैठक अगाडि मार्च ३१ मा उच्च अधिकारीहरुको बैठक हुने छ ।

    सो बैठकले शिखर सम्मेलनको मिति तय गर्ने बताइएको छ । श्रीलंकाले यसै वर्ष हुने शिखर सम्मेलनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्नका लागि विदेश मन्त्रीस्तरीय बैठकको आयोजना गर्न लागेको बताएको छ ।

    सम्मेलन भर्चुअल माध्यमबाट हुने कि भौतिक रुपमा नै भन्नेचाहिँ यकिन भएको छैन । यस विषयमा परराष्ट्रमन्त्रीहरुले आपसमा परामर्श गर्नेछन् ।

    हरेक दुई वर्षमा हुनुपर्ने सम्मेलन सन् २०२० मा हुनुपर्ने थियो तर कोरोना महामारीको कारण आयोजना हुन सकेन । सन् २०१८ मा विमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको थियो ।

    कोरोना महामारीको असर कम हुँदै गएपछि यस वर्षको अन्त्यतिर शिखर सम्मेलन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो । विमस्टेकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याण्ड सदस्य रहेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २७ २०७७ बिहिवार - ११:२८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij