Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

मुख्यमन्त्री ममता बनर्जी घाइते, नियोजित आक्रमणको आरोप

मुख्यमन्त्री ममता बनर्जी घाइते, नियोजित आक्रमणको आरोप


  • 9.1K
    Shares

    मुख्यमन्त्री ममता बनर्जी घाइते, नियोजित आक्रमणको आरोप
    images

    भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी आफ्नो विधानसभा क्षेत्र नन्दीग्राममा घाइते भएकी छन् ।भारतीय जनता पार्टीले आफूमाथि षड्यन्त्र गरी आक्रमण गरेको उनको आरोप छ । तर भाजपा र कांग्रेसले ममता झूटो बोलिरहेको बताएका छन् । 

    ममताले विधानसभा निर्वाचनमा हारको आकलन गर्दै मतदाताहरूबाट सहानुभूति हासिल गर्नका लागि पाखण्ड गरिरहेको उनीहरूले आरोप लगाएका छन् । 

    ममतामाथि सबभन्दा ठूलो शाब्दिक आक्रमण बंगालका कांग्रेसी नेता तथा लोकसभामा संसदीय दलका नेता अधीर रञ्जन चौधरीले लगाए । 

    उनले भने, ‘सहानुभूति बटुल्ने राजनीतिक पाखण्ड हो यो । नन्दीग्राममा जित्न गाह्रो छ भन्ने थाहा पाएपछि उनले चुनावअघि यो नाटक रचेकी हुन् । मुख्यमन्त्रीसँग एकजना पनि मन्त्री नरहेको कुरा पत्याउन सक्नुहुन्छ ?’

    भाजपाले पनि प्रत्यक्षदर्शीको हवाला दिँदै यो घटनाक्रम ममताको पाखण्ड भएको बताएको छ । ममतालाई कसैले पनि धकेलेर घाइते नबनाएको उसको दाबी छ । उसले प्रश्न गरेको छ, ‘हार पक्का भएको चुनावी संग्राममा सहानुभूति बटुल्ने प्रयास हो यो ?’

    ममता भने यो भाजपाको षड्यन्त्र भएको र सबै कुरा जानीबुझीकन गरेको बताउँछिन् । 

    ममताका भतिजा तथा सांसद अभिषेक बनर्जीले अस्पतालमा भर्ना भएकी ममताको तस्वीर ट्वीट गर्दै यस्तो क्याप्सन लेखेका छन्, ‘भाजपाका मान्छेहरू, तिमीहरू आफैं बंगालको जनताको शक्ति मे २ मा देख्नेछौ । तयार रहू ।’

    ममता बनर्जीको गोडामा चोट लागेको तर कसैले पनि उनलाई नधकेलेको र उनीमाथि आक्रमण पनि नभएको बताइएको छ । प्रत्यक्षदर्शीहरूले यही कुरा भन्दैछन् । 

    भारतमा निर्वाचन उम्मेदवारलाई चोटपटक लाग्दा मतदाताले सहानुभूति देखाएको इतिहास छ । यसले ममता बनर्जीलाई आफ्नो पक्षमा चुनावी पासा पल्टाउन कत्तिको सहयोग गर्नेछ समयले नै बताउला, विश्लेषकहरू भन्छन् ।

    प्रकाशित मिति :फाल्गुण २७ २०७७ बिहिवार - ११:१२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij