२०८२ भाद्र २३ गते सोमवार
अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ लाख ३७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५१५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख ३७ हजार ११९ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ५८ हजार २२८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९६ लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म २ करोड २ लाख ७३ हजार ९१५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ८८ लाख ४२ हजार ८५७ जनामध्ये १३ हजार ४०५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij