Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

निर्वाचन सुरक्षामा ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन

निर्वाचन सुरक्षामा ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन


  • 463
    Shares

    निर्वाचन सुरक्षामा ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ । जसमा १६५ प्रत्यक्ष र १ सय १० सिट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिहरुको टुङ्गो लाग्नेछ ।

    जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त बनाएर एकीकृत सुरक्षा योजना लागु गरेको छ । मतदान सुरु भएसँगै हरेक मतदान स्थल र संवेदनशील ठाउँमा चारवटै सुरक्षा निकायको एकीकृत फौज परिचालन गरिएको छ ।

    निर्वाचनको सुरक्षामा करिब ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत सुरक्षा योजना अनुसार चुनावको सुरक्षामा ७९ हजार सेना फिल्डमा परिचालिन छन् । निर्वाचन सुरक्षामा ७३ हजार प्रहरी खटिएका छन् । सशस्त्र प्रहरीले ३१ हजार जनशक्ति परिचालन गरेको छ । राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ८ सय जनशक्ति फिल्डमा सूचना सङ्कलनको लागि खटिएका छन् । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्ले भन्छन्, ‘करिब साढे ३ लाख सुरक्षाकर्मी आज फिल्डमा छन् ।’

    प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी र सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरीलाई परिचालन गरेको छ ।

    नेपालको गुप्तचर निकाय (राष्ट्रिय अनुसन्धान विभाग)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षा संकलन गर्ने जिम्मेवारी पाएको छ ।

    एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सुरक्षामा प्रहरी पहिलो घेरामा, सशस्त्र प्रहरीका सुरक्षाकर्मी दोस्रो घेरामा र सेना तेस्रो घेरामा खटिएका छन् । यसरी एकीकृत फौजले मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा गर्नेगरी एकीकृत सुरक्षा योजना लागु गरिएको छ ।

    प्रकाशित मिति :फाल्गुण २१ २०८२ बिहिवार - ०८:३३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij