Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

रियलमीको फ्यान फेस्ट हुदैँ , निःशुल्क अवलोकन गर्न पाईने

रियलमीको फ्यान फेस्ट हुदैँ , निःशुल्क अवलोकन गर्न पाईने


  • 2.1K
    Shares

    • images
    रियलमीको फ्यान फेस्ट हुदैँ , निःशुल्क अवलोकन गर्न पाईने
    images

    काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना ग्राहकहरूका लागि यही असोज ५ गते शुक्रबार ठमेल स्थित छँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दैछ । सो फ्यान फेस्टमा रियलमीले आफ्ना नयाँ बजेट–फ्रेण्डली स्मार्टफोन मोडलहरू रियलमी ११ एक्स र रियलमी ११, ५जी बजारमा सार्वजनिक गर्ने जनाएको छ । 

    भेक र यावेशको लाइभ प्रस्तुतिको साथै यस फ्यान फेस्टमा आकाश खड्काको पनि प्रस्तुति रहनेछ । फ्यान फेस्टमा भेकले आफ्ना चर्चित गीतहरू लै बरी लै, एक्लै जिउन सिके, अलपत्र, र अन्य धेरै गीतहरु प्रस्तुत गर्नेछन् । त्यस्तै यावेशले लाखौँ हजारौँ र आकाशले तिमी भएर लगायत आफ्ना अन्य गीतहरु मार्फत दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । 

    रियलमी ११ एक्स र रियलमी ११ ५जीले स्मार्टफोनको ल्यान्डस्केपलाई आफ्ना उल्लेखनीय सुविधाहरू र आकर्षक डिजाइनको साथ पुनः परिभाषित गर्ने कम्पनीको भनाइ छ । रियलमी ११ एक्स र रियलमी ११ ५जी दुवै स्मार्टफोनमा मिडियाटेकको डाइमेंनसिटी ६१००ं को पावरफुल चिप्सेट, ६.७२ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको अल्ट्रा स्मुद डिस्प्ले रहेका छन् । 

    क्यामराको कुरा गर्दा रियलमी ११ एक्समा ६४ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ भने रियलमी ११ ५जीमा १०८ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ। रियलमी ११ एक्समा ३३ वाटको फास्ट चार्जर र रियलमी ११, ५जीमा ६७ वाटको सुपरभोक चार्जर रहेको छ।

    यो  कन्सर्ट सबैका लागि पूर्ण रूपमा निःशुल्क रहने बताइएको छ ।

    प्रकाशित मिति :आश्विन ४ २०८० बिहिवार - १०:०२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij