Logo

२०८२ पौष १२ गते शनिवार

२०८२ पौष १२ गते शनिवार

एमालेले ११ औँ महाधिवेशनपछि पहिलो सचिवालय बैठक बोलायो

एमालेले ११ औँ महाधिवेशनपछि पहिलो सचिवालय बैठक बोलायो


  • 407
    Shares

    एमालेले ११ औँ महाधिवेशनपछि पहिलो सचिवालय बैठक बोलायो
    images

    काठमाडौं । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार नेकपा एमालेले ११ औँ महाधिवेशनपछि पहिलो सचिवालय बैठक बोलाएको छ, जुन आइतबार बिहान ११ बजे च्यासलमा हुने बताएको छ । पार्टी कार्यालय बैठक बोलाइएको भए पनि एजेन्डाबारे जानकारी भइनसकेको अधिकारीले बताए ।


    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमालेले उक्त सूचीबारे छलफल गर्न बोलाएको हुनसक्ने एक नेताले जानकारी दिए । साथै, बैठकमा नेताहरूको कार्य विभाजन र अन्य आन्तरिक विषयमा समेत छलफल हुने सम्भावना भएको बताए।  

     

     

     

     

    प्रकाशित मिति :पौष १२ २०८२ शनिवार - १५:३०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij