२०८२ पौष १२ गते शनिवार
काठमाडौं । रैथाने एग्री प्रडक्ट नेपाल र गोंगबु आवास क्षेत्रको आयोजनामा स्थानीय उत्पादन प्रवर्द्धनका लागिआजदेखि गोंगबु टाउन प्लानिङमा कृषि मेला आयोजना भएको छ ।
मेलाको उद्घाटन गर्दै महानगरपालिका सुशासन समितिका सभापति ख्यामराज तिवारीले स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्रवर्द्धन गर्न मेला आयोजना गरिएको बताए ।
साथै,अभियन्ता कृष्ण स्याङ्ताङले मेलामा नेपालमा उत्पादित मह, सिस्नो, चामल, गेडागुडी, कपडा, सातु, सुन्तलालाई प्रदर्शनी तथा व्यापारका लागि राखिएको बताए । मेलामा ५५ जिल्लाका उत्पादन राखिएको छ । उक्त उत्पादन उपभोक्ताले खरिद गर्न सक्ने छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij