Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

जब उडिरहेको जहाजका पाइलटलाई बिरालोले एक्कासी आक्रमण गर्यो, जहाज भित्र कसरी पस्यो बिरालो ?

जब उडिरहेको जहाजका पाइलटलाई बिरालोले एक्कासी आक्रमण गर्यो, जहाज भित्र कसरी पस्यो बिरालो ?


  • 10.7K
    Shares

    जब उडिरहेको जहाजका पाइलटलाई बिरालोले एक्कासी आक्रमण गर्यो, जहाज भित्र कसरी पस्यो बिरालो ?
    images

    उडिरहेको विमानमा बिरालोले पाइलटलाई आक्रमण गरेपछि विमानको आकस्मिक अवतरण गर्नुपरेको छ । जानकारीअनुसार विमान उडिसक्दा त्यो बिरालो ककपिटमै थियो । बिरालोले अनियन्त्रित भएर पाइलटमाथि नै आक्रमण गरेपछि विमानको आकस्मिक अवतरण गराउनुपरेको हो ।

    सुडानको राजधानी खार्तुमबाट उडेको विमान कतारको दोहा जाँदै थियो । तर बिरालोले आक्रमण गरेपछि पाइलटले सुडानको राजधानी शहर खार्तुम नै फर्कने निर्णय गरे । स्थानीय मिडिया रिपोर्टहरूमा जनाइएअनुसार उक्त जनावर ‘आक्रामक र रिसाहा’ थियो र विमान उड्नुभन्दा पहिले कुनै तरिकाले विमानभित्र पसेको अनुमान गरिएको छ ।

    स्थानीय अखबार अल सुडानीलाई उद्धृत गर्दै मेट्रोले जनाएअनुसार बिरालोलाई शान्त राख्न कैयौं प्रयास गरिएको थियो तर बिरालोले त्यसको प्रतिरोध गरिरह्यो र पाइलटलाई नै आक्रमण गर्यो । यो सुडानी टार्को उडान गत बुधबार खारतुम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो र घटना हुँदासम्म करिब ३० मिनेटसम्म हावामा उडिसकेको थियो ।

    विमानभित्र आतंकको स्थिति भएपछि अन्ततः पाइलटले विमान फर्काउने निर्णय गर्नुपर्यो । विमानको सरसफाइको क्रममा वा विमानको इन्जिनियरिङको जाँचको क्रममा बिरालो विमानभित्र पसेको र बिरालो पस्दै गरेको कसैले नदेखेको अनुमान गरिएको छ यद्यपि यो कुराको पुष्टि हुन सकेको छैन । विमानलाई अघिल्लो रात विमानस्थलको ह्याङगरमा पार्क गरेर राखिएको बताइएको छ ।

    प्रकाशित मिति :फाल्गुण २० २०७७ बिहिवार - १२:४८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij