२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित भएको छ । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले अष्ट्रेलियासँग दशरथ रंगशालामा यही मार्च ३० तारिखमा खेल्ने तालिका थियो ।
एसियन फुटबल कन्फडेरेसन (एएफसी)ले नेपाल–अष्ट्रेलियाबीचको खेल स्थगित गरेको हो । अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पाले एएफसीको प्रतिबन्धपछि खेल स्थगित भएको जानकारी दिए ।
“नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित भएको छ । अष्ट्रेलियाको अनुरोधपछि एएफसीले खेल स्थगित गरेको हो । कोरोनाका कारण अष्ट्रेलियका खेलाडी आउन नसक्ने भएका कारण खेल स्थगित भएको हो” ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij