२०८२ भाद्र २३ गते सोमवार
म्यान्मारमा सैन्य कूको विरोध गर्ने प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ।
आइतबार देशको दक्षिणी शहर दावीमा प्रदर्शनकारीमाथि गोली चल्दा एकजनाको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएको सीएनएनले जनाएको छ।
फेब्रुअरी १ मा भएको सैनिक कूको विरोधमा काम छोडेका चिकित्सकहरू आन्दोलनकारी घाइते भएपछि उनीहरूको उपचार गर्न इमरजेन्सी वार्डमा गएका छन् ।
प्रहरीले देशका अन्य भागमा पनि आन्दोलन दबाउन गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसअघि नै प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।
प्रजातान्त्रिक तरिकाले चुनिएका आङसाङ सुकी लगायतका नेतालाई हटाएर शासन हातमा लिएको सेनाले प्रजातन्त्रको पक्षमा आन्दोलनहरु हुन थालेसँगै हिंश्रक कारबाहीलाई अगाडि बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij