२०८२ भाद्र २३ गते सोमवार
भारतमा आफैंले पालेको भालेको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। दक्षिणी भारतीय क्षेत्र तिलंगणामा गतहप्ता एक समूहले अवैध भाले जुधाईको आयोजना गरेका थिए।
जसका लागि ती मानिसहरुले आफ्नो भालेको खुट्टामा चक्कु जडान गरिदिएका थिए। तेलंगणाको लोथुनुर गाउँमा भाले जुधाईको आयोजना गरिएको बीबीसीले जनाएको छ।
भाले जुधाईका क्रममा एक भाले त्यहाँबाट भाग्न खोजेको थियो। सोही क्रममा भालेलाई पक्रिन खोज्दा चक्कु जडान भएको भालेले आफ्नै मालिकलाई ठुंग्दै र चिथार्दै भाग्ने प्रयास गर्दा ती व्यक्ति गम्भीर घाइते भएका थिए।
सो क्रममा चक्कुले तिघ्राको रक्त नलीमा गम्भीर चोट लाग्दा उनको शरीरबाट रगत धेरै बगेको थियो।
उपचारकै क्रममा ती व्यक्तिको मृत्यु भएको बताइएको छ। हाल प्रहरीले भाले जुधाई आयोजना गर्ने १५ व्यक्तिको खोजि गरिरहेको छ।
प्रहरीले भालेको उद्धार गरेर त्यसको खुट्टाबाट ७ सेन्टिमिटरको चक्कु निकालिदिएको छ। सन् १९६० मै भाले जुधाईलाई भारतीय कानुनले अवैधानिक बताइसकेको छ।
तर यो भाले जुधाई हिन्दु पर्व संक्रान्तिका बेला तेलंगणामा प्रचलित भएको बताइएको छ।
गतवर्ष भारतको आन्द्र प्रदेशमा पनि एक व्यक्ति भालेकै आक्रमणबाट मारिएका थिए। भाले जुधाईकै क्रममा भालेले उनको घाँटीमा चक्कुले हिर्काएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij