Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

दक्षिण अफ्रिकामा ग्याँस चुहावट हुँदा १६ जनाको मृत्यु

दक्षिण अफ्रिकामा ग्याँस चुहावट हुँदा १६ जनाको मृत्यु


  • 2.1K
    Shares

    दक्षिण अफ्रिकामा ग्याँस चुहावट हुँदा १६ जनाको मृत्यु
    images

    जोहानेसबर्ग । दक्षिण अफ्रिकामा ग्यास चुहावटका कारण १६ जनाको मृत्यु भएको छ । यो घटना जोहानेसबर्गको बोक्सबर्गमा भएको हो । मृत्यु हुनेमा महिला र बालबालिका रहेका स्थानीय अधिकारीहरूले बताएका छन् ।

    नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण दुर्घटना भएको अनुमान गरिएको छ । ग्यास लिक भएको स्थान अवैध सुन खानी भएको मानिन्छ । नाइट्रेट अक्साइड ग्यास सामान्यतया अवैध सुन खानी द्वारा प्रयोग गरिन्छ । यसलाई जामा जमास भनिन्छ ।

    बक्सबर्गको घना बस्ती भएको क्षेत्रमा एउटा सिलिन्डर बरामद गरिएको छ । त्यसबाट ग्यास लिक भइरहेको थियो । सबै मृतकलाई यस स्थानबाट एक सय मिटरको दायरा भित्र फेला परेका थिए । आपत्कालीन सेवाहरूले बीबीसीसँगको कुराकानीमा कसैलाई पनि अस्पताल नलगिएको जानकारी दिए । 

    अझै धेरै जनाको शव फेला पर्न सक्ने आशङ्का गरिएको छ । उद्धार टोली घटनास्थलमा पुगेका छन् । एजेन्सी

     

     

    प्रकाशित मिति :आषाढ २१ २०८० बिहिवार - ०९:३७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij