Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

म्यानमारका सैनिकलाई फेसबुक र इन्स्टाग्राम चलाउन प्रतिबन्ध

म्यानमारका सैनिकलाई फेसबुक र इन्स्टाग्राम चलाउन प्रतिबन्ध


  • 7.1K
    Shares

    म्यानमारका सैनिकलाई फेसबुक र इन्स्टाग्राम चलाउन प्रतिबन्ध
    images

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले कूमार्फत् सत्ता हत्याएको म्यानमारको सैनिकलाई प्रतिबन्ध लगाएको छ।

    सैन्य कूविरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग प्रतिबन्ध लगाएको हो।

    "फेब्रुअरी १ मा भएको कू र  त्यसपछिका हिंसात्मक घटनाले प्रतिबन्ध लगाउनु पर्ने अवस्था बनाए,’ फेसबुकले भनेको छ,‘म्यानमारको सेनालाई  फेसबुक र इन्स्टाग्राम चलाइरहनु दिनु निकै खतरापूर्ण छ भन्ने हामीलाई लाग्छ ।"

    यसअघि फेसबुकले सरकारी टेलिभिजनको पेज बन्द गरिदिएको थियो ।

    म्यानमारमा सेनाले सत्ता लिएपछि भएका प्रदर्शनमा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ भने अमेरिकाले कूमा संलग्न सैनिक जनरलहरूमाथि प्रतिबन्ध लगाएको छ। एजेन्सी

    प्रकाशित मिति :फाल्गुण १३ २०७७ बिहिवार - १२:२८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij