Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘नीरफूल’

शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘नीरफूल’


  • 2.8K
    Shares

    शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘नीरफूल’
    images

    काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘नीरफूल’ को प्रिमिएर गरिएको छ । बुधबार कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमिएरमा फिल्म युनिट तथा रंगपत्रकारको उपस्थिती रहेको थियो । 

    कार्यक्रममा तामाङ कलाकारले आफ्नो भेसभुसा सहित डम्फु बजाएर दयाहाङ राई, बुद्धी तामाङ लगायतका  कलाकारलाई हलमा प्रवेश गराएका थिए । प्रिमिएरमा सहभागी अधिकांश व्यक्तिले फिल्म मन परेको प्रतिक्रिया दिए ।

    २०७२ को महाभूकम्पपछि देखिएको साइट इफेक्ट र पारिवारिक कथा मिसाइएको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा लगायतको समेत अभिनय छ ।

    फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एशोसियट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ । नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले फिल्म निर्माण गरेको हो ।

    प्रकाशित मिति :जेठ २५ २०८० बिहिवार - ११:२४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij