Logo

२०८२ फाल्गुण ४ गते सोमवार

२०८२ फाल्गुण ४ गते सोमवार

रेखा थापाको निर्देशनमा बन्ने चलचित्र, ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा

रेखा थापाको निर्देशनमा बन्ने चलचित्र, ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा


  • 512
    Shares

    रेखा थापाको निर्देशनमा बन्ने चलचित्र, ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा

    काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा भएको छ । आइतबार महाशिवरात्रिको शुभ–अवसर पारेर राजधानीमा एक विशेष कार्यक्रमबिच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । चलचित्रमार्फत अभिनेत्री रेखा थापाले निर्देशनमा कमब्याक गर्दैछिन् । रेखा झण्डै आठ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेकी हुन् ।

    ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण हुने मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको मुख्य भूमिका रहनेछ ।

    निर्माण पक्षले चलचित्रको घोषणसँगै दुईवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखिएको पहिलो पोस्टरले चलचित्रमा प्रेमका विभिन्न पाटाहरू वा सम्भावित ‘प्रेम त्रिकोण’ को कथा हुनसक्ने अनुमान गर्न सकिन्छ । 

    चलचित्रमा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतको पनि अभिनय रहने छ । 

    हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहने चलचित्रमा सुदीप बरालको डीओपी, प्रशान्त सिवाकोटीको संगीत रहनेछ । राजन घिमिरे फिल्म कोअर्डिनेटर रहेको चलचित्र फागुनको दोस्रो साताबाट फ्लोरमा जाने भएको छ ।

    वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रेखा थापाको निर्देशनमा काम गर्न पाउनु आफूलाई एउटा छुट्टै संसारमा प्रवेश गरेझैँ लागेको बताएका छन् । 

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १७:०८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij