Logo

२०८२ फाल्गुण ८ गते शुक्रवार

२०८२ फाल्गुण ८ गते शुक्रवार

‘चमेलीको पोइ’को प्रदर्शन मिति स्थगित

‘चमेलीको पोइ’को प्रदर्शन मिति स्थगित


  • 141
    Shares

    ‘चमेलीको पोइ’को प्रदर्शन मिति स्थगित

    काठमाडौं । फिल्म ‘चमेलीको पोइ’ प्रदर्शन मिति स्थगित गरिएको छ। चैत १३ गते प्रदर्शन हुने भनिएको यस फिल्मको रिलिज मिति स्थगित गरिएको हो।

    देशको वर्तमान राजनीतिक परिस्थिति र निर्वाचनको परिवेशलाई मध्यनजर गर्दै फिल्मको प्रदर्शन मिति स्थगित गरिएको निर्माणटिमले जनाएको छ।

    ‘हामी फिल्म प्रदर्शनको लागि शान्तिपूर्ण र अनुकूल वातावरणको प्रतिक्षामा छौं, जसले फिल्मको प्रदर्शनलाई थप प्रभावकारी बनाउने विश्वास लिएका छौं। फिल्मको नयाँ प्रदर्शन मिति छिट्टै मिडियामार्फत सार्वजनिक गर्नेछौं,’ जारी विज्ञप्तिमा भनिएको छ।  

    नले समयमै फिल्म निर्माण सम्पन्न गरेकोमा निर्देशक बोहरालाई पनि धन्यवाद दिएका छन् ।

    एभरेष्ट सूर्य बोहराको निर्देशन रहेको फिल्मका निर्माता सुनिता सापकोटा र राम नारायण उपाध्याय हुन्। यस फिल्ममा सुरक्षा पन्त, नारायण त्रिपाठी, मुकुन भुसाल, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेम देव गिरी, गणेश गौतमको अभिनय छ।  

    धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा निर्देशक बोहराको कथा, शिवम अधिकारीको पटकथा छ।

    प्रकाशित मिति :फाल्गुण ७ २०८२ बिहिवार - १४:५२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij