Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

लोकसेवा आयोगले माग्यो ३५३ जना खरिदार (विज्ञापनसहित)

लोकसेवा आयोगले माग्यो ३५३ जना खरिदार (विज्ञापनसहित)


  • 267
    Shares

    लोकसेवा आयोगले माग्यो ३५३ जना खरिदार (विज्ञापनसहित)

    लोकसेवा आयोगले विज्ञापन प्रकाशन गर्दै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कर्मचारी माग गरेको छ।

    आयोगले बुधबार जारी गरेको सूचनाअनुसार अप्राविधक तहमा खरिदार वा सो सरह पदको लागि न्याय, सरकारी वकिल, सामान्य प्रशासन, लेखा लगायतका समूहमा ३५३ जना कर्मचारी माग गरेको हो। 

    उमेर हद पुरुषको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, महिलाको ४० वर्ष ननाघेको हुनुपर्नेछ। 

    परीक्षा दस्तुर पाँच सय रूपैयाँ तोकिएको छ। समावेशी समूहतर्फ थप विज्ञापनमा एक सय ५० रूपैयाँ लाग्नेछ।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत १७ गतेसम्म आवेदन सक्नेछन्। दोब्बर दस्तुर तिरेर चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ।

     

    प्रकाशित मिति :फाल्गुण २७ २०८२ बुधवार - १६:३६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij