Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

महालक्ष्मी विकास बैंकद्वारा दिगो बैकिङ्ग र वातावरणीय संरक्षणमा दुईदिने कार्यशाला

महालक्ष्मी विकास बैंकद्वारा दिगो बैकिङ्ग र वातावरणीय संरक्षणमा दुईदिने कार्यशाला


  • 358
    Shares

    महालक्ष्मी विकास बैंकद्वारा दिगो बैकिङ्ग र वातावरणीय संरक्षणमा दुईदिने कार्यशाला

    काठमाडौं । महालक्ष्मी विकास बैंकले फागुन २४–२५ गते पोखरा फेवाताल किनारमा बैंकको वार्षिक कार्यक्रमअन्तर्गत दुई दिने कार्यशाला र सामुहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ।

    बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र कर्मचारीहरूको उत्साहजनक सहभागितामा सम्पन्न यस कार्यक्रमले वातावरण, संस्कृति र सम्पदा संरक्षण तथा दिगो बैकिङ्ग प्रवर्द्धन प्रति बैंकको प्रतिबद्धता सार्वजनिक गरेको छ। 

    उक्त कार्यक्रममा बैंकको हालसम्मको वित्तीय अवस्था, सफल निर्वाचनपछिको सकारात्मक अवस्था र अन्तर्राष्ट्रिय आर्थिक चुनौतीहरूको विश्लेषण गरिएको छ।

    कार्यक्रममा हरित बैकिङ्ग र दिगो वित्तीय रणनीतिको महत्वमा विशेष जोड दिइएको थियो। पदयात्रा मार्फत आम जनमानसमा दिगो वित्तीय अभ्यास अपनाउनुपर्ने सन्देश प्रवाह गरिएको छ।

     बैंकले “सबल बैंक, सफल सहकार्य” नारालाई आत्मसात गर्दै ग्राहकलाई सुरक्षित, सहज र अत्याधुनिक डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको जानकारी दिइएको छ।

    बैंकले १०३ शाखा र करिब ८ लाख ५० हजार ग्राहकहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ। 

    प्रकाशित मिति :फाल्गुण २७ २०८२ बुधवार - १५:३३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij