२०८२ फाल्गुण २१ गते बिहिवार
अमेरिकामा उडिरहेको विमानको इन्जिनमा आगलागी भइ भग्नावशेष सर्वसाधारणको घरमाथि झरेको छ।
डेन्वरमा बोइङ्ग ७७७ को एकभागमा आगलागी भइ भग्नावशेष स्थानीयको घरमा झरेको हो। सो विमानमा २३१ यात्रु र १० जना चालकदलका सदस्य थिए।
एक भागमा आगलागी भए पनि सो विमान डेन्वर विमानस्थलमा सुरक्षित रुपमा अवतरण गर्न सफल भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
विमानमा रहेका कोही पनि यात्रु घाइते भएका छैनन् । विमानको भग्नावशेष ब्रूमफिल्डका एक बासिन्दाको घरको बगैँचामा खसेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij