Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

समीक्षा अधिकारीको स्वरमा सार्वजनिक गीत‘आफ्नो-आफ्नो दुख’युट्युबको टप ट्रेन्डिङमा

समीक्षा अधिकारीको स्वरमा सार्वजनिक गीत‘आफ्नो-आफ्नो दुख’युट्युबको टप ट्रेन्डिङमा


  • 3.0K
    Shares

    समीक्षा अधिकारीको स्वरमा सार्वजनिक गीत‘आफ्नो-आफ्नो दुख’युट्युबको टप ट्रेन्डिङमा
    images

    काठमाडौं । पशुपति शर्माद्धारा रचित ‘आफ्नो आफ्नो दुख’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको २४ घण्टामै युट्युबको टप ट्रेन्डिङमा परेको छ । यो गीतको फिमेल भर्सनमा चर्चित गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् भने गीतको लय शब्द पशुपति शर्माको रहेको छ ।

    समीक्षाले गाएको फिमेल भर्सनको गीत यतिबेला यट्युबको टप ट्रेन्डिङमा आएको हो । शुक्रबार विहान सार्वजनिक भएको यो गीत हालसम्म ४ लाख ८३ हजारभन्दा धेरैले हेरिसकेका छन् भने तीन हजार भन्दा धेरैले प्रतिकृया जनाएका छन् ।

    फिमेल भर्सनको यस गीतको भिडियोमा पनि उनै समीक्षा रहेकी छन् । दुर्गा पौडेलले निर्देशन गरेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।

    अभिनेता पल शाहसँगको मुद्दा मामिलामा मुछिएपछि गीत संगितबाट गुमनामझै बनेकी अधिकारी विस्तारै सांङ्गितिक क्षेत्रमा फर्किन कोशिस गरिरहेकी छिन् ।
    झण्डै एक वर्षसम्म साङ्गितिक जीवनमा गुमनाम बन्न बाध्य भएकी अधिकारीको लागि यो गीत ट्रनिङ प्वाइन्ट बन्ने अनुमान गरिएको छ ।

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - ०९:४२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij