Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

विष्फोटमा परी चार जना बालबालिकाको मृत्यु

विष्फोटमा परी चार जना बालबालिकाको मृत्यु


  • 6.9K
    Shares

    विष्फोटमा परी चार जना बालबालिकाको मृत्यु
    images

    युगान्डा उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी दोस्रो शरणार्र्थी बस्तीमा बिहीबार भएको ग्रेनेड विष्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ ।

    बालबालिकाले विस्फोटक पदार्थलाई उठाएर घरमा लगेका र त्यहाँ अन्य बालबालिकासँग सामेल भएका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

    उक्त बम विस्फोट हुँदा बालबालिकाहरु ग्रेनेड काट्ने कोशिस गरिरहेका थिए । तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य छ जना गम्भीर घाइते भएका प्रहरीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । घाइतेहरु मध्ये एक बालकको मृत्यु भएको जनाइएको छ । घाइते अन्य पाँच बच्चाहरुलाई थप उपचारको लागि आद्जुमनी अस्पतालमा सारिएको बताइएको छ ।

    संयुक्तराष्ट्र संघ शरणार्थी निकायको तथ्यांकअनुसार माजी दोस्रो शरणार्थी बस्तीमा छिमेकी राष्ट्र दक्षिण सुडानबाट आएका १७ हजार भन्दा बढी शरणार्थीहरु रहेका छन् ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - १४:१७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij