Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

राष्ट्रिय महिला लिग : आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिग : आज दुई खेल हुँदै


  • 9.3K
    Shares

    राष्ट्रिय महिला लिग : आज दुई खेल हुँदै

    काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ ।

    सातदोबाटोमा रहेको एन्फा मैदानमा दिउँसो १२ बजे हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा दिउँसो ३ बजे एपीएफ र विराटनगर महानगरपालीका खेल्दैछन् ।

    उपाधि नजिक पुगेको विभागीय टीम एपीएफकी सावित्रा भण्डारी भने चोटका कारण खेल्न नसक्ने भएकी छन् । अंकतालिकाको शीर्ष स्थानमा रहेको एपीएफले १० खेलमा ३० अङ्क जोडेको छ । एपीएफले एक खेल जिते मात्रै उपाधि जित्नेछ ।

    १० खेलमा २५ अङ्क जोडेको आर्मी लिगको दोस्रो स्थानमा छ । आर्मीले पुलिसको खेलमा हार बेहोरे वा बराबरी खेले पनि एपीएफले उपाधि जित्नेछ ।  

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १०:२२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij