Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

अमेरिकी ब्लगरको हत्या मुद्दामा बंगलादेशमा लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला

अमेरिकी ब्लगरको हत्या मुद्दामा बंगलादेशमा लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला


  • 9.1K
    Shares

    अमेरिकी ब्लगरको हत्या मुद्दामा बंगलादेशमा लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला
    images

    बंगलादेशको एक अदालतले एक लेखकको हत्यामा संलग्न ५ जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।

    ६ वर्षअघि चर्चित लेखक तथा ब्लगर अभिजित रोयको हत्यामा संलग्नमध्ये एक दोषीलाई भने जन्मकैदको सजाय सुनाइएको छ ।

    सन् २०१५ मा बंगलादेशमा धर्मनिरपेक्ष तथा आफूलाई नास्तिक मान्ने थुप्रै लेखक तथा प्रकाशकहरुको हत्या भएको थियो ।

    त्यसक्रममा सबैभन्दा पहिला अभिजित रोयको हत्या भएको थियो । अभिजित रोयले विज्ञान, नास्तिकता तथा धर्मको विषयमा थुप्रै किताब लेखका थिए ।

    यसअघि केही दिन अघि मात्रै अभिजित रोयको किताबको प्रकाशक फैसल अरेफिन दिपनको हत्या प्रकरणमा आठ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो । (एजेन्सी)

     

    प्रकाशित मिति :फाल्गुण ४ २०७७ मंगलवार - १६:५६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij