Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

कंगोमा विद्रोहीको आक्रमणबाट २१ जनाको मृत्यु

कंगोमा विद्रोहीको आक्रमणबाट २१ जनाको मृत्यु


  • 2.1K
    Shares

    कंगोमा विद्रोहीको आक्रमणबाट २१ जनाको मृत्यु
    images

    संयुक्त राष्ट्रसंघ । अफ्रिकी देश कंगोमा यहाँको विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।

    प्राप्त समाचारअनुसार कंगोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र विद्रोहीहरूले हमला गरेका थिए । उनीहरूले गत शनिबार यी दुई प्रान्तका विभिन्न गाउँमा हमला गरी सर्वसाधारणको हत्या गरेका छन् ।

    इतुरीको एक गाउँमा उनीहरूले एक गाउँका सर्वसाधारणमाथि गोली चलाएका थिए । रातिको समयमा आएका सशस्त्र समूहका सदस्यले गरेको हमलामा परेर कम्तीमा पनि १० जना सर्वसाधारणको ज्यान गएको हो ।

    त्यस्तै उत्तरी किभुमा पनि उनीहरूले गाउँलेमाथि हमला गरेका थिए । ती हमलामा परेर सर्वसाधारण मारिएका छन् । इतुरी र यस आसपासका गाउँमा भएको हिंसात्मक आक्रमणमा परेर ११ जना सर्वसाधारण मारिएका बताइएको छ ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका सहायक प्रवक्ता फराह हकले सो कुराको जानकारी दिएका हुन् । उनले पछिल्ला केही हप्तामा पूर्वी कंगोेका कैयौँ स्थानमा यहाँको सरकारसँग विद्रोह गरेको समूहले सर्वसाधारणमाथि हमला गर्ने गरेको छ । यहाँ संयुक्त राष्टसंघीय मिसनले शान्ति स्थापनाका लागि प्रयास गरेको भएपनि हिंसाको अन्त्य हुन सकेको छैन ।

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - १२:२९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij