२०८२ फाल्गुण २३ गते शनिवार
दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुङ्गा पल्टिँदा ५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। ग्रेटर अक्रा क्षेत्रको अडानजिकैको अजिजान्याबाट करिब २५ जना लिएर जाँदै गरेको यात्रुबाहक डुङ्गा एक शक्तिशाली आँधीपछि पल्टिएको अजिजाकपे निर्वाचन क्षेत्रका सभासद ड्यानियल एडजाक्पाले बताए।
उनले डुङ्गामा क्षमता भन्दा बढी सवार रहेका र सबै यात्रुले लाइफ ज्याकेट नलगाएका बताएका छन्। आँधीले डुङ्गालाई दुई टुक्रा पारेको र सबै यात्रुहरूलाई नदीमा फ्याँकेको बताएका छन्।
उद्धारकर्ताहरूले अन्यको खोजी गरिरहेका राष्ट्रिय प्रकोप व्यवस्थापन संगठनका आडा जिल्ला संयोजक एबेनेजर तेये–नार्टे किसेहले सिन्ह्वालाई बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij