२०८२ कार्तिक १७ गते सोमवार
दक्षिण इक्वेडर र पेरुको उत्तरी भूभागमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा १५ जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार शनिबार राति १० बजेर ५७ मिनेटमा इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट ५० माइल पर केन्द्रविन्दू बनाइ भूकम्प गएको हो। सबैभन्दा बढी क्षति दक्षिणी प्रान्त एलरोमा भएको ग्रार्जियनले लेखेको छ।
भूकम्पले सवारीसाधन र भवनमा क्षति पुगेको छ।भूकम्पपछि आएको पहिरोका कारण त्यहाँका सडक अवरुद्ध भएका छन्।
धेरै भूकम्प गइरहने मुलुकका रुपमा रहेको इक्वेडरमा सन् २०१६ पछि गएको यो सबैभन्दा ठूलो भूकम्प हो। त्यसबेला इक्वेडरमा ७.८ म्याग्नेच्युट भूकम्प गएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij